ad ad

राजनीति


समानुपातिक अपडेट : एमालेलाई पछ्याउँदै कांग्रेस, माओवादी भन्दा स्वतन्त्र अगाडि

समानुपातिक अपडेट : एमालेलाई पछ्याउँदै कांग्रेस, माओवादी भन्दा स्वतन्त्र अगाडि

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ०:५५, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाका आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले) अग्रस्थानमा देखिएको छ।

निर्वाचन आयोगको मंगलबार राति साढे ११ बजेसम्मको मतपरिणाम विवरणानुसार एमालेले एक लाख ५९ हजार ५० मत प्राप्त गरेको छ। 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले एक लाख ३८ हजार ४४६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या ७० हजार ७९५ रहेको छ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) को ६६ हजार ९११, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३७ हजार ३३५ र जनमत पार्टीको १२ हजार ६२६ रहेको निर्वाचन आयोगले जनाएको छ।

यो अवधिसम्ममा समानुपातिकतर्फको मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालको १२ हजार १३८, नेपाल मजदुर किसान पार्टीको ८ हजार ६२१, नेकपा (एकीकृत समाजवादी) को आठ हजार ५६१, नागरिक उन्मुक्ति पार्टीको ७ हजार ८३० र अन्यको ३२ हजार ३१९ मत रहेको छ। रासस

समानुपातिकमा प्रदेशसभातर्फ कुन दलको कति मत?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .