ad ad

खेल


साउदी र अर्जेन्टिना भिड्दै, मेस्सीको कप्तानीमा यस्तो छ सुरुवाती टोली

साउदी र अर्जेन्टिना भिड्दै, मेस्सीको कप्तानीमा यस्तो छ सुरुवाती टोली

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १५:२०, काठमाडौँ

विश्वकप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाले आज साउदी अरेवियाको सामना गर्दै छ। 

समूह ‘सी’मा रहेका साउदी र अर्जेन्टिनाबिचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ। 

कतारको सबैभन्दा ठूलो रंगशाला लुसाइल स्टेडियममा हुने खेलका लागि दुवै देशले सुरुवाति ११ को टोली घोषणा गरेका छन्। 

अर्जेन्टिनाले आफ्ना नियमित कप्तान मेस्सीको नेतृत्वमा मैदान उत्रिने भएको छ। 

साउदीविरुद्ध फरवार्डमा मेस्सीसँगै एन्जल डिमारिया र लौटारो मार्टिनेजले सम्हाल्नेछन्। मिडफिल्डमा डे पउल, पुप गेमज र परेडेसलाई उतारेको छ। 

सेन्टर मिडेफन्डरमा रोमेरो र ओटामेन्डिलाई जिम्मा दिँदा दुई साइडमा मोलिना र टाग्लिफिकोलाई मौका दिइएको छ। गोलरक्षक भने इमिलियानो मार्टिनेज हुनेछन्। 

अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाले रक्षात्मक खेल्ने भएको छ। उसले फरवार्डमा फरेस अल्ब्रीकनलाई मात्रै सुरुवातमा खेलाउने भएको छ। 

मिडफिल्डमा अल सेहरी, सलेम अल्डासरी, सलमान अल–फराज, अब्दुल्लेहा अल्माकी, मोहम्मद कानो र डिफेन्समा  एसर अल्साहरानी, अली अल्बुल्याही, हसन तम्बक्ती र साउद अब्दुल्लामिदले मौका पाएका छन्। मोह्म्मद अलाओसले सुरुवाती ११ मा स्थान बनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .