ad ad

खेल


विश्वकप जित्ने टोलीले कति पाउँछ पुरस्कार?

विश्वकप जित्ने टोलीले कति पाउँछ पुरस्कार?

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १३:३४, काठमाडौँ

फिफा विश्वकप २०२२ आइतबारदेखि कतारमा सुरु भएको छ। 

विश्पकपको उद्घाटन खेलमा घरेलु टोलीलाई स्तरब्ध पार्दै इक्वेडरले विजयी सुरुवात गरेको छ। विश्वकपमा सहभागी ३२ टोलीलाई ८ समूहमा बाँडिएको छ। समूहका शीर्ष २ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन्। 

कतारले विश्वकपका लागि सात रंगशाला तयार पारेको छ। सन् २०१० मा विश्वकप आयोजनाको जिम्मा पाएको कतारले त्यतिबेला देखि नै पूर्वाधार लगायतको तयारी सुरु गरेको थियो। 

विश्वकपका लागि मात्रै कतारले २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको छ। विश्वकपका लागि आठ स्टेडियममध्ये सात स्टेडियमलाई अर्को प्रयोजनका लागि प्रयोग गर्न मिल्ने गरी बनाइएको छ। यी सात स्टेडियम प्रतियोगिता सकिएपछि हटाइनेछ र स्टेडियम ९७४ लाई भने पूर्णरुपमा हटाइनेछ। यो स्टेडियम कन्टेनरबाट बनाइएको छ।

विश्वकपको उपाधि विजेताले ४ करोड २० लाख अमेरिडी डलर पाउनेछ। उपविजेताले ३ करोड अमेरिकी डलर पाउनेछ। 

तेस्रो स्थानमा रहने टोलीले २ करोड ७ लाख तथा चौथो स्थानमा रहने टोलीले २ करोड ५ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ। 

पाँचौदेखि आठौँ स्थानसम्म रहने टोलीले १ करोड ७ लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। प्रिक्वार्टरफाइनलमा स्थान बनाउने बाँकी ८ टोलीले  १ करोड ३० लाख अमेरिकी डलर पाउनेछन्। 

विश्वकपमा सहभागी बाँकी टोलीले ९० लाख अमेरिकी डलर पाउनेछन्।  विश्वकपमा सहभागी ३२ टोलीलाई तयारीका लागि १५ लाख अमेरिकी डलर दिएको छ। 

मध्य एशियामा पहिलो पटक आयोजना भएको कतार विश्वकप अहिलेसम्म कै मँहगो विश्वकप हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .