राजनीति


प्रमुख आयुक्तलाई भेट्दै जापानी परराष्ट्र राज्यमन्त्रीले गरे निर्वाचनको प्रशंसा

प्रमुख आयुक्तलाई भेट्दै जापानी परराष्ट्र राज्यमन्त्रीले गरे निर्वाचनको प्रशंसा

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग सोमबार आयोगमा आयोजित कार्यक्रममा आमनिर्वाचनको पर्यवेक्षण गर्न नेपाल आएका जापानका विदेश मामिलासम्बन्धी राज्यमन्त्री शुन्सुके ताकेई, नेपालस्थित जापानी राजदूत एवं अन्य अधिकारी। तस्बिर : प्रदीपराज पन्त/रासस


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १३:३३, काठमाडौँ

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त  दिनेश थपलियासँग शिष्टाचार भेट गरेका छन्। 

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भयो।

प्रमुख आयुक्तसँग शिष्टाचार भेट नेपालको आमनिर्वाचनको पर्यवेक्षण गर्न आएका जापानका विदेश मामिलासम्बन्धी राज्यमन्त्री शुन्सुके ताकेई सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग शिष्टाचार भेट गर्दै। तस्बिर : प्रदीपराज पन्त/रासस

राज्यमन्त्री ताकेइले नेपालमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गरे भने प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद दिए। 

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थिति थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .