स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक लुइस इनरिकले मोरक्को जारी विश्वकप फुटबलको फाइनलमा पुगे कुनै आश्चर्य मान्नु नपर्ने बताएका छन्।
जारी विश्वकपमा मोरक्कोको प्रर्दशनको प्रशंसा गर्दै इनरिकले ऊ फ्रान्स हराउँदै फाइनलमा प्रवेश गरे कुनै आश्चर्य मान्नु नपर्ने बताएका हुन्।
उनले वक्तव्य जारी गर्दै स्पेनले मोरक्कोसँग राम्रो खेल प्रर्दशन गर्न नसकेको बताएका छन्।
चार वर्षदेखि स्पेनको टोली सम्हालेका इनरिकेले यो समय परिवर्तनको भएको बताए। उनले आफूले राम्रो काम गरेको दाबी गर्दै राम्रा खेलाडी छनोट गर्न प्रयास गरेको उल्लेख गरेका छन्।
स्पेन विश्वकपबाट बाहिरिएपछि इनरिकेले मोरक्को फाइनलमा पुग्दा आश्चर्य नमान्न भन्दै यो फाइनलमा पुग्न हकदार टोली भएको बताए। फुटबलमा मेस्सीको सम्मानका लागि पनि अर्जेन्टिनाले विश्वकप जित्नुपर्ने उनको बुझाइ छ।
विश्वकपमा मोरक्कोका सोफयान अम्ब्रात, हाकीम जियच र इज्जुद्दिन ओनाहीको असाधारण प्रर्दशनको इनरिकले प्रशंसा गरे।
Shares
प्रतिक्रिया