ad ad

खेल


स्विट्जरल्याण्डविरुद्ध रोनाल्डो बेन्चमा

स्विट्जरल्याण्डविरुद्ध रोनाल्डो बेन्चमा

नेपालखबर
मंसिर २१, २०७९ बुधबार ०:१९, काठमाडौँ

विश्वकप फुटबलमा नकआउट चरणको अन्तिम खेलमा स्विट्जरल्याण्ड र पोर्चुगल भिड्दै छन्। राति १२ः४५ बजेको यो खेल सकिएसँगै क्वार्टरफाइनलको समिकरण पूरा हुनेछ। 

स्विट्जरल्याण्डविरुद्धको खेलमा स्टार खेलाडी तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सुरुवाती ११ मा परेका छैनन्। पोर्चुगिज प्रशिक्षकले रोनाल्डोलाई बेन्चमा राखेका छन्। 

रोनाल्डोको स्थानमा बेनिफिकाका फरवार्ड गोन्सेलो रामोसले मौका पाएका छन्। जोआओ फिलिक्स र ब्रुनो फर्नाडेज भने आजको खेलमा पनि सुरुवाती रोजाइमा परेका छन्। 

यसअघिका सबै खेलमा रोनाल्डो सुरुबाटै खेल्दै आएका थिए। उनले ३ खेलमा मात्रै १ गोल गरेका छन्। 

यो खेलको विजेताले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। मोरक्को पेनाल्टी सुटआउटमा स्पेनलाई ३–० ले पराजित गर्दै पहिलो पटक क्वार्टरफाइनलमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .