विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीको खेलमा स्विटजरल्याण्डले सर्बियामाथि पुनः अग्रता लिएको छ। खेलको ४८ औं मिनेटमा स्विटजरल्याण्डका रेमो फ्रेउलरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।
यसअघि पहिलो हाफमा स्विटजरल्याण्ड र सर्बियाले २–२ गोलको बराबरी खेलेका थिए।
खेलको २० औं मिनेटमा हेर्डन शाकिरीको गोलमा स्विट्जरल्याण्डले अग्रता लिएको थियो। तर ६ मिनेटमै सर्वियाले गोल फर्काएको थियो।
सर्वियाका लागि २६ औं मिनेटमा एलेक्ससान्डर मित्रोभिकले गोल गरेका हुन्। खेलको ३५ औं मिनेटमा सर्बियाका डुसान भ्लाहोभिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। स्विटजरल्याण्डका लागि खेलको ४४ औं मिनेटमा ब्रिल इम्बोलोले बराबरी गोल फर्काएका थियो।
नकआउटमा पुग्न यो निर्णयक खेल हो। स्विट्जरल्याण्डलाई यो खेल जिते वा बराबरी गरे पनि पुग्छ। तर सर्वियालाई जित्नै पर्ने बाध्यता छ।
Shares
प्रतिक्रिया