ad ad

खेल


सर्बियालाई हराउँदै लगातार तेस्रोपटक अन्तिम १६ मा स्विटजरल्याण्ड

सर्बियालाई हराउँदै लगातार तेस्रोपटक अन्तिम १६ मा स्विटजरल्याण्ड

नेपालखबर
मंसिर १७, २०७९ शनिबार २:४६, काठमाडौँ

विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीको खेलमा सर्बियामाथि ३–२ गोल अन्तरको जित हात पार्दै स्विटजरल्याण्ड अन्तिम १६ म प्रवेश गरेको छ।  खेलको ४८ औं मिनेटमा स्विटजरल्याण्डका रेमो फ्रेउलरले गरेको गोल नै खेलको निर्णायक बन्यो। 

यसअघि पहिलो हाफमा स्विटजरल्याण्ड र सर्बियाले २–२ गोलको बराबरी खेलेका थिए।

खेलको २० औं मिनेटमा हेर्डन शाकिरीको गोलमा स्विट्जरल्याण्डले अग्रता लिएको थियो। तर ६ मिनेटमै सर्वियाले गोल फर्काएको थियो।

सर्वियाका लागि २६ औं मिनेटमा एलेक्ससान्डर मित्रोभिकले गोल गरेका हुन्। खेलको ३५ औं मिनेटमा सर्बियाका डुसान भ्लाहोभिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। स्विटजरल्याण्डका लागि खेलको ४४ औं मिनेटमा ब्रिल इम्बोलोले बराबरी गोल फर्काएका थियो। 

स्विटजरल्याण्डले समूहका तीनमध्ये दुई खेलमा जित हात पार्दै माथिल्लो चरणमा आफ्नो स्थान पक्का गरेको हो।

समूहको उपविजेताको हैसियतमा अन्तिम १६ मा पुगेको स्विटजरल्याण्डले अन्तिम १६ को खेलमा पोर्चुगलको सामना गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .