विश्वकप फुटबलमा अहिले समूह ई का दुई खेल भइरहेका छन्। पहिलो हाफ सकिँदा कोस्टारिकाविरुद्ध जर्मनी र जापानविरुद्ध स्पेनले समान १–० को अग्रता लिएका छन्।
जर्मनीका लागि खेलको १० औं मिनेटमा सर्जी ग्नाब्रीले गोल गरेका हुन्।
अर्को खेलमा स्पेनका लागि अल्भारो मोराटाले ११ औं मिनेटमा गोल गरे। यही नतिजालाई खेलको अन्तिमसम्म कायम राख्न सके स्पेन समूह विजेता र जर्मनी उपविजेताका रुपमा नकआउटमा प्रवेश गर्ने छन्।
जापानले खेल जितेको अवस्थामा भने जर्मनी बाहिरिने सम्भावना बढी छ। स्पेनको गोलअन्तर बढी छ।
अघिल्लो चरणका लागि जर्मनीलाई जित्नै पर्ने दबाब छ।
मंसिर १६, २०७९, बिहीबार
प्रतिक्रिया