ad ad

खेल


मोरक्को बन्यो शताब्दीकै पहिलो विश्वकप समूहविजेता अफ्रिकी टोली

मोरक्को बन्यो शताब्दीकै पहिलो विश्वकप समूहविजेता अफ्रिकी टोली

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार ०:१७, काठमाडौँ

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह एफको विजेताको हैसियतमा मोरक्को अन्तिम १६ मा प्रवेश गरेको छ।  

यससँगै मोरक्कोले सन् १९८६ पछि पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्दै नयाँ इतिहास पनि रचेको छ। 

समूह विजेता बनेसँगै मोरक्को २१ औं शताब्दीमा विश्वकपको समूह विजेता बन्ने पहिलो अफ्रिकी टोलीसमेत बनेको छ।

३६ वर्षपछि मोरक्को नकआउटमा, अन्तिम खेलमा पनि हार्‍यो क्यानडा

सन् १९९८ को विश्वकपयता कुनै पनि अफ्रिकी टोली समूह विजेता बन्न सकेका थिएनन्। सन् १९९८ को विश्पकपमा नाइजेरिया समूह डीको विजेताको हैसियतमा माथिल्लो चरणमा प्रवेश गरेको थियो। 

समूह विजेता बन्ने क्रममा मोरक्कोले दुई खेलमा जित र एक खेल बराबरी खेलेको थियो।

उसले समूहमा क्रोएसियासँग बराबरी खेल्दा बेल्जियम र क्यानडालाई पराजित गरेको थियो।

मोरक्कोले तीन खेलबाट ७ अंक जोडेको हो। समूहको दोस्रो स्थानमा रहेको क्रोएसियाले समान खेलबाट ५ अंक हात पार्‍यो। तेस्रो स्थानको बेल्जियमले ४ अंक जोड्दा क्यानडा भने अंकविहीन हुँदै बाहिरियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .