ad ad

खेल


३६ वर्षपछि मोरक्को नकआउटमा, अन्तिम खेलमा पनि हार्‍यो क्यानडा

३६ वर्षपछि मोरक्को नकआउटमा, अन्तिम खेलमा पनि हार्‍यो क्यानडा

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार २२:४०, काठमाडौँ

३६ वर्षपछि मोरक्को नकआउटमा पुग्दा ३६ वर्षपछि नै विश्वकपमा सहभागी भएको देश क्यानडा भने समूहका सबै खेलमा पराजित हुँदै बाहिरिएको छ। समूह एफको विजेता बन्दै मोरक्को दोस्रोपटक नकआउटमा पुगेको हो।

समूहको अन्तिम खेलमा मोरक्को क्यानडाविरुद्ध २–१ गोल अन्तरले विजयी भएको हो। मोरक्कोको जितमा खेलको चौथो मिनेटमा हाकिम जिएच र २३ औं मिनेटमा युसेफ नसरीले गोल गरे।

३६ वर्ष अघिकै इतिहास दोहोरियो, क्यानडा समूह चरणबाटै बाहिरियो

मोरक्कोका डिफेन्डर नाइफ अगुएर्डले आत्मघाती गोल गर्दा खेल २–१ मा टुंगिएको हो। 

पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० ले पराजित गरेको थियो। क्यानडा भने पहिलो खेलमा बेल्जियमसँग १–० र दोस्रो खेलमा क्रोएसियासँग ४–१ ले पराजित भएको थियो। 

यसअघि १९८६ मा दोस्रोपटक विश्वकपमा सहभागी हुँदा मोरक्को नकआउटमा पुगेको थियो। १९७० मोरक्कोले पहिलो पटक विश्वकप खेलेको थियो। 

तर, त्यसपछि खेलेका तीन विश्वकपमा समूह चरणबाटै बाहिरिएको मोरक्कोले समूहबाट बेल्जियम बाहिरिँदा अन्तिम १६ मा स्थान बनायो।

यसअघि २०१८ मा समूह चरणबाटै बाहिरिएको थियो। १९९४ र १९९८ मा पनि पहिलो चरणबाटै बाहिरिएको थियो। अब मोरक्कोले समूह ईको उपविजेतासँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .