ad ad

खेल


समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका प्रशिक्षकले दिए राजीनामा

समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका प्रशिक्षकले दिए राजीनामा

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार ०:२९, काठमाडौँ

कतार विश्वकपमा उापधि दाबेदार मानिएको बेल्जियम समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पद त्याग गरेका छन्। 

बिहीबार क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियमको विश्वकप यात्रा समूह चरणमै सीमित बनेको थियो। बराबरीको नतिजाले बेल्जियम विश्वकपको उपाधि दौडबाट बाहिरिएसँगै मार्टिनेजले मुख्य प्रशिक्षक पद त्यागेको घोषणा गरेका हुन्। 

खेलपछि उनले भने, ‘यो मेरो अन्तिम खेल हो, यो कति भावुक थियो तपाईले कल्पना गर्नुहोस्। यो निर्णय मैले विश्वकपअघि नै लिएको थिएँ। सन् २०१८ मा मैले यो अवसर पाए। त्यसपछि मैले क्लब स्तरमा काम गर्न छाडे। म सँधै आफ्नो काममा बफादार हुन चाहन्छु। यो मेरो राजीनामा हैन, सम्झौता अन्त्य हो। यो पहिलादेखि कै योजना हो।’

उनले थपे, ‘विगत ६ वर्षदेखि योजनाबद्ध रुपमा काम गर्यौ र विश्वकप छनोट हुँदै यहाँसम्म आइपुग्यौँ। म मेरो खेलाडीप्रति गर्व गर्छु। उनीहरु अविश्वसनीय छन्। हामीले क्लब र राष्ट्रिय टोलीका लागि मिलेर गर्न सक्ने सबै गर्यौँ जसले गर्दा उनीहरुले मलाई सँधै गौरवान्वित महसुस गराए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .