ad ad

खेल


विश्वकप खेल्ने स्पेनको टोलीमा युवा वर्चस्व :  बुस्केट्स परे, रामोस अटाएनन्

विश्वकप खेल्ने स्पेनको टोलीमा युवा वर्चस्व :  बुस्केट्स परे, रामोस अटाएनन्

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १७:५३, काठमाडौँ

कतार विश्वकपका लागि स्पेनले आफ्नो टोली घोषणा गरेको छ। 

अधिकांश युवा खेलाडीलाई स्थान दिँदै स्पेनले टोली घोषणा गरेको हो। 

टोलीमा बार्सिलोनाका जोर्डि अल्वा र सर्जिओ बुस्केटस पनि अटाएका छन्। तर पीएसजीका डिफेन्डर सर्जिओ रामोस भने समावेश छैनन्। 

बार्सिलोनाका अधिकांश युवा खेलाडी स्पेनको टोलीमा समावेस छन्। गोल्डेन ब्वाई गाभीसँगै पेड्रि, अंसु फाती, फेरान टोरेस र इरिक गार्सियाले पनि विश्वकप खेल्ने भएका छन्। 

स्पेनको अग्रभागमा फाती र टोरेससँगै सराविया, निको विलियम्स, एसेन्सिओ, मोराटा, डानी ओल्मो र यरेमी पिनोले स्थान पाएका छन्।

यस्तो छ टोली 
गोलरक्षक :
उनाइ साइमन (एथ्लेटिक क्लब), रोबर्ट सान्चेज (ब्राइटन एन्ड होव अल्बियन), डेभिड राया (ब्रेन्टफोर्ड एफसी) 

डिफेन्डर : सिजर अज्पििलिकुएता (चेल्सी), डानी कार्वाजल (रियल मड्रिड), एरिक गार्सिया (बार्सिलोना), ह्युगो गलामोन (भ्यालेन्सिया सीएफ), पाउ टोरेस (भियारियल), आयमेरिक लापोर्ते (म्यानचेस्टर सिटी), जोर्डी अल्बा (बार्सिलोना), जोसे गया (भ्यालेन्सिया)

मिडफिल्डर : सर्जियो बस्केट्स (बार्सिलोना), रोड्री हर्नान्डेज (म्यानचेस्टर सिटी), गाभी (बार्सिलोना), कार्लो सोलर (पीएसजी), मार्कोस लोरेन्टे (एथ्लेटिको मड्रिड), पेड्री (बार्सिलोना), कोके (एथ्लेटिको मड्रिड) 

फरवार्ड : फेरान टोरेस (बार्सिलोना), अन्शु फाती (बार्सिलोना), निको विलियम्स (एथ्लेटिको क्लब), एरेमिक पिनो (भ्यालेन्सिया), अल्भारो मोराटा (एथ्लेटिको मड्रिड), मार्कोस एसेन्सियो (रियल मड्रिड), पाब्लो सरभिया (पीएसजी), डानी ओल्मो (आरबी लिपजिग)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .