फिफा विश्वकप २०२६ अन्तर्गत हाज जारी खेल मेक्सिकोले इंग्ल्यान्डविरुद्ध दोस्रो गोल गरेको छ।
मेक्सिकोको घरेलु मेदान अज्टेका स्टेडियममा भइरहेको खेलमा इंग्ल्यान्ड ३-२ ले मेक्सिको भन्दा अघि छ।
अन्तिम १६ (क्वार्टरफाइनल)को खेलमा मेक्सिकोविरुद्ध इंग्ल्यान्डले पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो। दोस्रो हाफको जारी खेलमा इंग्ल्यान्ड र मेक्सिकोले थप १- १ गोल गरेका हुन्।
मेक्सिको जारी विश्वकपको सहआयोजक राष्ट्रसमेत हो।
मेक्सिकोका राहुल जिमिनेजले खेलका ६९औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३-२ को अन्तरमा ल्याएका हुन्।
रातो कार्ड खाँदै ५४औँ मिनेटमा जारेल क्वान्साह बाहिरिएपछि हाल इंग्ल्यान्ड १० खेलाडीमा सिमित छ।
कप्तान ह्यारी केनले ६०औँ मिनेटमा पेनाल्टीमा गोल गरेपछि इंग्ल्यान्डले ३-१ को अग्रता बनाएको हो।
पहिलो हाफमा इंग्ल्यान्डका जुड बेलिङहमले दुई गरेका थिए भने मेक्सिकोका जुलियन क्विनोनेसले एक गोल फर्काएका थिए।
खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला सुरु भएको हो।
Shares

प्रतिक्रिया