विश्वकप २०२६ अन्तर्गत हाल जारी खेलको पहिलो हाफमा उरुग्वेले केप भार्डेविरुद्ध अग्रता कायम गरेको छ
पहिलो हाफको खेल सकिँदा उरुग्वेले केप भार्डेविरुद्ध २-१ को अग्रता बनाएको हो।
खेलको २१ औँ मिनेटमा पहिलो गोल गर्दै केप भर्डेले अग्रता लिएको थियो।
तर, उरुग्वले ४४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो।
लगत्तै ४६ औँ मिनेटमा अर्को गोल थप्दै उरुग्वेले खेलमा अग्रता बनाएको हो।
उरुग्वेका लागि म्याक्सिमिल्लानो आरौजोले पहिलो र अगस्टिन कानोब्बीओले दोस्रो गोल गरे।
केप भार्डेका लागि फ्रि किक मार्फत केभिन पिनाले गोल गरेका छन्।
केप भार्डेले पहिलोपटक विश्वकप खेलेको हो। समूहचरणको पहिलो खेलमा उसले स्पेनसँग बराबरी खेलेको थियो।
21
Shares

प्रतिक्रिया