खेल


आइभोरी कोस्टलाई २-१ ले पराजित गर्दै जर्मनी नकआउट चरणमा

आइभोरी कोस्टलाई २-१ ले पराजित गर्दै जर्मनी नकआउट चरणमा

नेपालखबर
असार ७, २०८३ आइतबार ६:१, काठमाडौँ


फिफा विश्वकप-२०२६ अन्तर्गत आइतबार बिहान सकिएको समूह ‘ई’को खेलमा आइभरी कोस्टलाई २-१ गोल अन्तरले पराजित गर्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। 

एक गोलले पछाडि परेको स्थितिलाई उल्ट्याउँदै जर्मनीले उत्कृष्ट पुनरागमन गरेको हो। जर्मनीका लागि डेनिज उन्डवले इन्जुरी समयमा गरेको गोल नै खेलमा निर्णायक बन्यो।  

फ्रान्क केसिईले खेलको ३० औँ मिनेटमा पहिलो गोल गर्दै आइभोरी कोस्टलाई अग्रता दिलाएका थिए। 

जर्मनीका डेनिज उन्डवले खेलको ६८ औँ मिनेटमा आइभरी कोस्टविरुद्ध गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए। 

उनी यामल मुसियलाको स्थानमा ६० औँ मिनेटमा मात्रै मैदान प्रवेश गरेका थिए। उनै डेनिज उन्डवले इन्जुरी समयको चौथो मिनेटमा दोस्रो गोल गरेर टिमलाई कनआउट चरणमा पुर्याए। 

आइभोरी कोस्टले पहिलो खेलमा इक्वेडरमाथि १–० को जित निकालेको थियो। जर्मनीले भने पहिलो खेलमा कुरासाओलाई ७–१ ले पराजित गरेको थियो।

यो जितसँगै जर्मनीले ६ अंक जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad