विश्वकप २०२६ अन्तर्गत समूह चरणको जारी प्रतिस्पर्धामा अमेरिकाले पाराग्वेविरुद्ध ३ गोलको अग्रता लिएको छ।
फ्लोरिन बालोगनको दुई गोलको मद्दतले अमेरिका पहिलो हाफमै ३ गोलले अगाडि भएको हो।
विश्वकप २०२६ अन्तर्गत अमेरिकास्थित लस एन्जलस स्टेडियममा समूह डीअन्तर्गत अमेरिका र पाराग्वेबिच खेल भइरहेको हो।
खेलको सातौँ मिनेटमै पाराग्वेका डामिन बोबाडिलाले आत्मघाती गोल गर्दा अमेरिकाले अग्रता लिएको थियो।
दुई टोलबिच नेपाली समयअनुसार बिहान ६:४५ बजेदेखि प्रतिस्पर्धा भइरहेको छ।
अमेरिकाले घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेलिरहेकाे हो।
195
Shares

प्रतिक्रिया