इङ्लिस प्रिमियर लिग फुटबलको आगामी सिजनको खेल तालिका सार्वजनिक भएको छ।
२०२१/२२ को सिजनमा साविक विजेता म्यानचेस्टर सिटीले आफ्नो पहिलो खेलमा टोट्नहम हट्सपरसँग खेल्नेछ। उक्त खेल अगष्ट १४ मा हुनेछ।
सिटीले पछिल्ला १० सिजनमा आफ्नो पहिलो खेल जित्दै आएको छ। तर यसपटक भने उसलाई हट्सपरले कडा चुनौती दिने निश्चित छ।
यो सिजनको लिग १४ अगष्टमा सुरु भएर २०२२ मे २२ मा सकिनेछ।
यो पनि: यी दिन हुनेछ प्रिमियर लिगमा शीर्ष चार टोलीबीच एकअर्कासँग भिडन्त
यो पनि: यी हुन् नयाँ सिजनमा प्रिमियर लिगका ठूला डर्बी भिडन्त
त्यसअघि अगष्ट ७ मा म्यानचेस्टर सिटी र लेस्टर सिटीबीच कम्युनिटी सिल्डको आयोजना हुनेछ।
यसै सिजन बढुवा भएको ब्रेन्टफोर्डले लिगको पहिलो खेलमा आर्सनलसँग १४ अगष्टमा खेल्दै लिगको औपचारिक सुरुवात गर्नेछ।
लिगमा बढ्वा भएका नर्विचले लिभरपुलसँग र वाटफोर्डले एस्टोन भिल्लासँग पहिलो राउण्डमा नै खेल्नेछन्।
दोस्रो खेलमा वर्नलीले ब्राइटनसँग खेल्दा तेस्रो खेलमा चेल्सीले क्रिष्टल प्यालेससँग खेल्नेछन।
यस्तै लेष्टर सिटीले उल्भ ह्याप्टनसँग खेल्दा म्यानचेष्टर युनाइटेले लिड्ससँग र न्यु क्यासल युनाइटेडले वेष्टह्याम युनाइटेडसँग खेल्नेछ।
Shares
प्रतिक्रिया