फ्रान्सेली लिग वानको उपाधि उचाल्नुअघि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रान्सेली च्याम्पियन टुलुससँग पराजित भएको छ।
गएराति भएको लिग वान खेलमा पीएसजी टुलुससँग ३–१ गोल अन्तरले पराजित भएको हो।
केलियन एमबाप्पेले आफ्नो अन्तिम घरेलु खेलमा गोल गरे पनि जित दिलाउन सकेनन्।
सिजनको अन्त्यमा सम्झौताको समय सकिएसँगै पीएसजी छाड्ने घोषणा गरेपछिको पहिलो खेलमा उनले सुरुवाती गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको आठौँ मिनेटमा पीएसजीले एमबाप्पेको गोलमा अग्रता बनाएको थियो।
पीएसजी छाडेसँगै २५ वर्षीय एमबाप्पे रियल मड्रिडसँग पाँच वर्षको सम्झौता हस्ताक्षर गर्ने तयारीमा छन्। एमबाप्पे सन् २०१७ मा पीएसजी आएका थिए।
पीएसजीले अग्रता बनाएको ५ मिनेटमा नै टुलुसले बराबरी गोल फर्कायो। थिज्स डलिङ्गाको गोलमा टुलुस खेलमा फर्किएको थियो।
खेलको ६८ औँ मिनेटमा यान गोबोहोले टोलीका लागि दोस्रो गोल गरे। खेलको इन्ज्युरी समयमा फ्रान्क मगरीलेको गोलमा टुलुजले अग्रता फराकिलो पार्यो।
लिगका खेल बाँकी छँदै पीएसजीले लगातार तेस्रो पटक उपाधि जित्दा पछिल्लो ११ वर्षमा १० औँ लिग वान उपाधि जितेको हो।
Shares

प्रतिक्रिया