सुँगुरको आनुवांशिक रूपमा परिमार्जित मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको २ महिनापछि मृत्यु भएको छ।
६२ वर्षीय रिचर्ड रिक स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि मिर्गाैलाको अन्तिम चरणको रोगसँग लडिरहेका थिए।
म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) ले जारी गरेको विज्ञप्तिमा रिचर्डको मृत्यु मिर्गाैला प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै संकेत नभएको बताएको छ।
सुँगुरबाट अन्य अंगहरू प्रत्यारोपण गर्ने धेरै प्रयास असफल भइसकेका छन्। यद्यपि, रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुङ्गाको रूपमा लिइएको थियो।
मिर्गाैला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए।
3.0k
Shares
प्रतिक्रिया