ad ad

खेल


नेपाली क्रिकेट टोली र क्यानसँग भेट गर्दै जयशंकरले दिए बधाई र सहयोगको आश्वासन (तस्बिर)

नेपाली क्रिकेट टोली र क्यानसँग भेट गर्दै जयशंकरले दिए बधाई र सहयोगको आश्वासन (तस्बिर)

नेपालखबर
पुस २०, २०८० शुक्रबार ८:११, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस.जयशंकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग भेट गर्दै टी–२० विश्वकपमा छनोट भएकामा बधाई दिएका छन्। 

विदेशमन्त्री जयशंकरले बिहीबार साँझ क्रिकेट टोलीसँगै नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँग अन्तरक्रिया गरेका हुन्।  

यस क्रममा भारतीय विदेशमन्त्री जयशंकरले नेपाललाई टी–२० विश्वकप तयारी तथा क्रिकेट विकासका लागि आफ्नो मुलुकले सधैँ सहयोग गर्ने आश्वासन पनि दिए। 

गत नोभेम्बरमा भएको टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो। 

दस वर्षको पर्खाइपछि राष्ट्रिय क्रिकेट टोली विश्वकपमा पुगेको हो। अब नेपाल अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा सहभागी हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .