ad ad

खेल


क्यान निर्वाचन : अब सचिव र सदस्य पदका लागि मात्र मतदान

क्यान निर्वाचन : अब सचिव र सदस्य पदका लागि मात्र मतदान

फाइल तस्बिर : सचिव पदका उम्मेदवारद्वय पारस खड्का र प्रशान्त विक्रम मल्ल


नेपालखबर
असोज ६, २०८० शनिबार १२:२३, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को आगामी नेतृत्वका लागि सचिव र सदस्य पदको मात्र निर्वाचन हुने भएको छ।

शनिबार काठमाडौंमा जारी क्यानको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

अब सचिव र सदस्य पदका लागि मात्र निर्वाचन हुने भएको हो। 

सचिव पदमा पूर्वकप्तान पारस खड्का र केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिएका छन्।

क्यानका कूल १७ पदमध्ये ६ पदमा निर्विरोध निर्वाचित भएका हुन्।

अब एक सचिव र १० सदस्यका लागि चुनावी प्रतिस्पर्धा हुनेछ। जम्मा ३१ जनाले उम्मेदवारी दिएका थिए।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती देवी भट्ट, कर्णाली प्रदेशबाट श्रीधर केसी, लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया निर्विरोध निर्वाचित भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .