नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले एसियन गेम्सका बाँकी खेल गुमाउने भएकी छन्।
चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत भियतनामसँगको खेलमा चोट लागेपछि सरुले बाँकी खेल खेल्न नपाउने भएकी हुन्।
खेलको ३५औं मिनेटमा बायाँ खुट्टा आफैँ ट्विस्ट हुँदा सरुले मैदान छाडेकी थिइन्। सरुको बाँया खुट्टाको एसिएल र मिनिस्कस गएको छ। चोटसँगै उनी करिब ९ महिना मैदान बाहिर रहनेछिन्।
उनको आज नै शल्यक्रिया गरिँदै छ। करिब एक साता अस्पताल बसाइपछि सरु टोलीसँगै नेपाल फर्कनेछिन्।
सरु घाइते भएको खेलमा नेपाल भियतामसँग २–० ले हारेको छ।
नेपालले सोमबार जापानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले बंगालदेशको सामना गर्नेछ।
असोज ६, २०८०, शनिबार
795
Shares
प्रतिक्रिया