खेल


तेक्वान्दोमा नवौँ डान उत्तीर्ण गर्ने पहिलो नेपाली तुलसी गुरुङले ग्रहण गरे उपाधि

तेक्वान्दोमा नवौँ डान उत्तीर्ण गर्ने पहिलो नेपाली तुलसी गुरुङले ग्रहण गरे उपाधि

मगेन्द्र राई
असार ७, २०८२ शनिबार ११:५९, हङकङ

तेक्वान्दोमा नवौँ डान (डिग्री) उत्तीर्ण गर्ने पहिलो नेपाली तुल्सीकुमार गुरुङले यसको उपाधि ग्रहण गरेका छन्।

शुक्रबार (जुन २०) दक्षिण कोरियाको राजधानी सिओल अवस्थित विश्व तेक्वान्दोको प्रधान कार्यालयमा एक विशेष समारोहबीच उनले उक्त डान ग्रहण गरेका हुन्। 

तेक्वान्दो खेलमा सबैभन्दा माथिल्लो डान नै नवौँ मानिन्छ। नेपाली प्रशिक्षक गुरुङले गत डिसेम्बरमा विश्व तेक्वान्दो महासंघको केन्द्रीय कार्यालय दक्षिण कोरियाको सिउलमा प्रयोगात्मक र लिखित परीक्षा दिएका थिए भने उनी उत्तीर्ण भएको नतिजा २०८१ चैत १९ गते सार्वजनिक भएको थियो।

अहिले भने गुरुङले त्यो उपाधि औपारिक रूपमा प्राप्त गरेका हुन्। 

तेक्वान्दोको मल्टिपल च्याम्पियन गुरुङले उक्त क्षणको अनुभव सुनाउँदै नेपालखबरसँग भने, ‘यो क्षण मेरो तेक्वान्दो खेल यात्राको  विशेष, दुर्लभ, असाधारण र एतिहासिक हो। कोरियाको राष्ट्रिय पोसाकमा सजिएर उक्त सम्मान थाप्नु मेरा लागि विशेष गौरवान्वित क्षण हो।’

यसका लागि उनले आफ्नो परिवार प्रशिक्षक साथीलगायत सबै शुभेच्छुकप्रति आभार पनि प्रकट गरे। 

उनले भने, ‘यो सफलता प्राप्त गर्नुमा आफ्नो जीवनसाथी, छोराहरू, परिवार, साथीभाइ, प्रशिक्षक, विद्यार्थीहरूलगायत मलाई साथ र सहयोग गर्नुहुने सम्पूर्णमा गहिरो कृतज्ञता प्रकट गर्दछु।’

४५ वर्ष तेक्वान्दोमा बिताइसकेका ग्रान्डमास्टर गुरुङ नेपालको प्रथम नवौँ डान डिग्री प्राप्त गर्ने पहिलो नेपाली भएका छन्। 

उनी तेक्वान्दो क्षेत्रमा सर्वाधिक विभूषण पाउने खेलाडी बनेका छन्। 

योसँगै भावी पुस्ताका लागि आदर्श बन्ने जिम्मेवारी थपिएको उनले बताए। 

कास्की बारचोक मादीका ग्रान्डमास्टर गुरुङ लामो समयदेखि हङकङलाई कर्मथलो बनाइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad