खेल


मारवाडी प्रिमियर लिगको उपाधि वीरगन्ज बासर्सलाई

मारवाडी प्रिमियर लिगको उपाधि वीरगन्ज बासर्सलाई

नेपालखबर
जेठ १५, २०८२ बिहिबार ११:३२, वीरगन्ज

वीरगन्जमा सञ्चालित मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि वीरगन्ज बार्शसले जितेको छ ।

आर्दशनगर रङ्गशालामा बुधबार राति भएको फाइनल खेलमा वीरगञ्ज बासर्सले टाइटन– ११ लाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो।

सुरुवाती ब्याटिङ गरेको टाइटन– ११ ले ४ विकेटको क्षतिमा १५ ओभरमा ७५ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वीरगञ्जले ७ ओभर ३ बलमा चार विकेट गुमाएर ७८ रनको योगफल तयार पार्दै उपाधि जितेको हो।

विजेता टोलीलाई दुई लाख ५१ हजार र प्रमाणपत्र तथा उपविजेता टाइटन– ११ लाई नगद दुई लाख रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।

उपाधि विजेता तथा उपविजेतालाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुरस्कार प्रदान गरेका थिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad