खेल


प्रथम दक्षिण एसियाली सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

प्रथम दक्षिण एसियाली सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

नेपालखबर
फागुन २९, २०८१ बिहिबार १०:४१, विराटनगर

कोसी प्रदेशबाट दोस्रो भारत अन्तर्राष्ट्रिय सफ्ट टेनिस च्याम्पियनसिप र प्रथम दक्षिण एसियाली सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुने तीन खेलाडीलाई बिदाइ गरिएको छ। 

कोसी प्रदेश खेलकुद विकास बोर्डले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको बिदाइ गरेको हो। कोसी प्रदेशबाट श्रेया योञ्जन, आशिष बोहरा र श्रेया राई प्रतियोगितामा सहभागी हुँदैछन्। 

भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोएडामा हुन गइरहेको दोस्रो भारत अन्तर्राष्ट्रिय सफ्ट टेनिस च्याम्पियनसिप र प्रथम दक्षिण एसियाली सफ्ट टेनिस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै उनीहरु सहभागी हुने कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले जानकारी दिए।  

नेपाली टोलीले भारतमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छन्।

यस्तै काठमाडौँमा हुने राष्ट्रिय कबड्डी प्रतियोगिताका  लागि पनि कोसी प्रदेशको टिमलाई बिदाइ गरिएको छ। कोसी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बिन्दिया कार्की, खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेत सहित बोर्डका सदस्यले खेलाडीलाई बिदाइ गरेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad