समाज


वसन्तपुरमा फागुको चहलपहल सुरु, यसरी गरिँदै छ वसन्तको स्वागत

वसन्तपुरमा फागुको चहलपहल सुरु, यसरी गरिँदै छ वसन्तको स्वागत

नेपालखबर
फागुन २९, २०८१ बिहिबार १०:५९, काठमाडौँ

वसन्तपुरमा फागु पूर्णिमा (होली) को चहलपहल सुरु भएको छ।

बिहीबार नेपालको हिमाली र पहाडी जिल्लाहरूमा फागु हर्षोल्लासपूर्वक मनाइन्छ। आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा बिहानैदेखि होली मनाउन सुरु भएको छ।

वसन्तपुरमा फागु मनाउनका लागि मानिसहरू जम्मा भएका छन्। चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ।

एकअर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर फागु मनाउने गरिन्छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचिन परम्परा छ।

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।

नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad