खेल


इटहरी गोल्डकपः झापा–११ लाई हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा

इटहरी गोल्डकपः झापा–११ लाई हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा

नेपालखबर
फागुन ६, २०८१ मंगलबार ६:५३, सुनसरी

झापा ११ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब काठमाडौँ १५औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा खेल मच्छिन्द्र क्लब र झापा–११ फुटबल क्लबबीच भएको खेलमा ३१औँ मिनेटमा मच्छिन्द्र क्लबका मलिक बामिदेले युसुफले गोल गरेका थिए। अन्तिम समयसम्म दुवै टिमले गोल गर्न नसकेपछि युसुफले गरेको गोल नै निर्णायक बन्न पुग्यो। 

सोमबारको खेलको म्यान अफ दी म्याच बामिदे घोषित भएका छन्। उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको छ। आज अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र धरान फुटबल क्लबबीच हुनेछ। 

फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागी छ। प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख लाख पुरस्कार पाउनेछन्।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता खेलाडीले नगद रु २५ हजार पाउने आयोजक राष्ट्रिय जागृति क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad