भोलि (शनिबार) जुम्ला सदरमुकाम खलङ्गा बजारमा आयोजना हुने जुम्ला–रारा अल्ट्रा म्याराथनमा ५९१ जना धावक सहभागी हुने भएका छन्।
कर्णाली स्पोर्ट क्लबले आज पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणको दौडको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। क्लबका अध्यक्ष सरोज शाहीले ५१ किलोमिटर दौडमा स्वदेशी ७४, पोल्याण्ड अमेरिका र फ्रान्सका एकएक तथा भारतका दुई जना धावक सहभागी हुने बताए।
म्याराथनका लागि रु २८ लाख विनियोजन गरिएको जानकारी दिँदै अध्यक्ष शाहीले प्रतियोगिताका माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। रासस
36
Shares

प्रतिक्रिया