अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन फुकुवा शशर्त फुकुवा गरेको छ।
दुबईमा सोमबार सम्पन्न आईसीसीको बोर्ड बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। तर, आईसीसीले जारी गरेको विज्ञप्तिमा शर्तहरु भने खुलाएको छैन।
'दुबईमा सकिएको आईसीसी बोर्डको बैठकले जिम्बावे र नेपाललाई आईसीसी सदस्यको रूपमा स्वीकार गरेको छ,' आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आईसीसीले निष्पक्ष चुनाव नभएको र सरकारी हस्तक्षेपको कारण देखाउँदै २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो।
तर, आईसीसीको स्वतन्त्र कमिटिले काठमाडौंमा गत असोज १० र ११ गते साधारण सभा आयाेजना गरेपछि क्यान निलम्बन फुकुवाको बाटो खुलेको थियो। साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो।
Shares

प्रतिक्रिया