यूइएफए च्याम्पियन्स लिगमा बार्यन म्युनिखले गत सिजनको उपविजेता टोटनह्याममाथि ७–२ को शानदार जित हात पारेको छ।
समूह चरणको खेलमा बार्यनले टोटनह्यामाथि मंगलबार राति पराजित गरेको हो।
शनिबार रातिकै अन्य खेलमा म्यानचेस्टर सिटीले डाइनामो जाग्रेबलाई २–० ले पराजित गर्दा रेड स्टारले ओलम्पियाकोसलाई ३–१ ले स्तब्ध बनायोl
युभेन्ट्सलाई बेयर लिभरकुसेनलाई ३–० ले पराजित गर्दा एथ्लेटिको मड्रिडले लाकोमोटिभ मस्कोलाई २–० ले पराजित गर्यो।
पीएसजीले ग्यालाटासारेलाई १–० ले पराजित गर्दा शक्तर डोनोट्स्कले एटलान्टालाई २–१ ले पराजित गर्यो।
रियल मड्रिड र क्लब ब्रगीले भने २–२ को बराबरी खेले।

प्रतिक्रिया