सन् २०२१ को डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९ः४५ बजेदेखि खुल्ने भएको छ। आगामी नोभेम्बर ५ सम्म इच्छुक आवेदकले डीभी चिठा भर्न पाउनेछन्।
अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार सन् २०२१ का लागि ५० हजार डाइभर्सिटी भिसा उपलब्ध हुनेछन्। कुनै शुल्कविनै मानिसहरुले डिभी भर्न पाउने बताइएको छ।
बंगलादेश, ब्राजिल, क्यानडा, चाइना (मूलभूमि), कोलम्बिया, डमिनिकन रिपब्लिक, एल साल्भाडोर, हाइटी, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका मानिसले डीभी भर्न पाउनेछैनन्। तर ताइवान, मकाउ र हङकङका मानिसले भने डिभी भर्न पाउनेछन्।
माथिकाे सूचीमा नरहेका सबै देशका नागरिकले डिभी भर्न पाउनेछन् तर पाँच वर्षयता यदि ५० हजार मानिस अमेरिका बसाइ सरेका भए उनीहरू पनि डिभी कार्यक्रमका लागि अयाेग्य हुनेछन्।
पासपोर्ट नम्बर अनिवार्य
यसपटकदेखि डिभी भर्नेले पासपोर्ट नम्बर अनिवार्य रुपमा भर्नुपर्नेछ। र त्यो पासपोर्टको अवधि नसकिएको हुनुपर्नेछ।
त्यस्तै डिभी पर्नेले श्रीमान–श्रीमती र २१ वर्षमुनिका छोराछोरी पनि अमेरिका लैजान पाउनेछन्। डिभी भर्नको लागि उच्च शिक्षा लिएको वा उही तहको परीक्षा पास भएको हुनुपर्नेछ।

प्रतिक्रिया