खेल


सिंगापुरविरुद्ध पारसको शानदार शतक

सिंगापुरविरुद्ध पारसको शानदार शतक

नेपालखबर
असोज ११, २०७६ शनिबार १४:७,

सिंगापुरविरुद्ध जारी त्रिदेशीय शृंखलामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले शानदार शतक प्रहार गरेका छन्।

पारसले छक्का प्रहार गर्दै ४९ बलमा १ सय १ रन बनाएका छन्। सो क्रममा उनले ४ चौका र ९ छक्का प्रहार गरे। त्यसअघि पारसले २९ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए।

पारसको शतकसँगै १५ ओभरको समाप्तिमा १ विकेट गुमाएर नेपालले १ सय ५० रन जोडेको छ।

नेपालले सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याइरहेको छ। टस जितेर ब्याटिङ गरिरहेको सिंगापुरले निधारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो। 

उसका टिम डेविडले ४४ बलमा ६४ रनको इनिङ खेलेका थिए। उनले ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै सिंगापुरका चन्द्र मोहनले ३५ तथा जनक प्रकाशले २५ रन जोडे। 

नेपालका कारण केसीले २ तथा सुसान भारीले १ विकेट लिए। करणले ४ ओभरमा ३४ रन खर्चिए। ४ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेपनि कुनै विकेट लिएनन्।

सिंगापुर क्रिकेटले आयोजना गरेको जारी त्रिकोणात्मक शृंखलामा नेपाल, जिम्बाबे र सिंगापुर खेल्दैछन्। सबै टोलीले एक अर्काबीच दुई दुई वटा टि-२० खेल खेल्नेछन्।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .