ad ad

खेल


साग तयारी समिति बैठक

साग तयारी समिति बैठक

नेपालखबर
असोज ९, २०७६ बिहिबार १३:१६,

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी समितिको बैठकले विभिन्न १५ वटा उप समिति गठन गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको तयारी समितिको बैठकले उपसमितिहरुको संयोजकसहित समिति गठन गरेको हो। भदौ २६ गतेको बसेको मन्त्रिपरिषद बैठकले साग संचालन सम्बन्धि कार्यविधि पारित गरेपछि बिहीबार पहिलो बैठक बसेको छ। सागका लागि प्रधानमन्त्रीको संयोजकत्वमा ११ सदस्यीय निर्देशन समिति, खेलकुद मन्त्रीको संयोजकत्वमा २५ सदस्यीय तयारी समिति र सदस्यसचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यकारी समिति यसअघि नै निर्माण भइसकेको छ।

आज गठन गरिएका समितिहरुमा राष्ट्रिय टिम तयारी उपसमिति, खेलस्थल व्यवस्थापन उपसमिति, प्राविधिक उपसमिति, स्रोत साधन परिचालन उपसमिति, सुरक्षा उपसमिति, आवास व्यवस्थापन उपसमिति, यातायात व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, प्रचार, प्रसार तथा प्रकाशन उपसमिति, समारोह उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, अनुगमन, निरीक्षण तथा मूल्यांकन उपसमिति, अतिथि सत्कार उपसमिति, खेलसामाग्री, उपकरण तथा पोशाक व्यवस्थापन उपसमितिर एन्टि डोपिङ्ग उपसमिति रहेका छन्।

समितिअन्तर्गत राष्ट्रिय टिम तयारीमा रिमबहादुर रानाभाट संयोजक र महेन्द्रकुमार राई सचिव, खेल स्थल व्यवस्थापनमा राखेपका पूर्व सदस्य–सचिव केशवकुमार विष्ट संयोजक र लवभक्त श्रेष्ठ सचिव, प्राविधिकमा गंगाबहादुर थापा मगर संयोजक र अर्जुनबहादुर विक सचिव, श्रोत साधन परिचालनमा उमेशलाल श्रेष्ठ संयोजक, सुरक्षामा प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल संयोजक र फणिन्द्र पौडेल सचिव, आवास व्यवस्थापनमा टासी घले संयोजक र विनोद उप्रेती सचिव, यातायात व्यवस्थापनमा अर्जुनबहादुर केसी संयोजक र सरोजकुमार पोखरेल सचिव, स्वास्थ्यमा डा. अजयशमशेर जबरा संयोजक र मधुसुदन बस्नेत सचिव, प्रचार प्रसार तथा प्रकाशनमा शिव कोइराला संयोजक र दुर्गाप्रसाद दुलाल सचिव, समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल संयोजक र कुलबहादुर थापा सचिव, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ संयोजक र प्रेम मल्ल सचिव छन्।

यस्तै अनुगमन, निरीक्षण तथा मुल्यांकनमा अणप्रसाद न्यौपाने संयोजक र डेमबहादुर बस्नेत सचिव, अतिथि सत्कारमा अमरसिंह शाह संयोजक र अनन्तादेवी खनाल सचिव, खेल सामाग्री, उपकरण तथा पोशाक व्यवस्थापनमा पुरेन्द्रविक्रम लाखे संयोजक र वज्रबहादुर केसी सचिव तथा एन्टी डोपिङमा डा. सरोजकृष्ण श्रेष्ठ संयोजक र तिलक नेपालीलाई सचिव तोकिएको छ ।

बैठकले सागको अर्को आयोजनास्थल पोखराका लागि गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा ५ सदस्यीय स्थानिय व्यवस्था सहजीकरण समिति पनि गठन गरेको छ । समितिका सदस्यहरुमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी, राखेपका सदस्य राजेश गुरुङ र तेजबहादुर गुरुङ रहेका छन् । सचिवमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी छन् ।

उक्त समितिलाई सहजीकरणका लागि विभिन्न ११ उपसमितिहरु गठन गर्न अधिकार पनि दिइएको छ । त्यस्तै सागमा समावेश विभिन्न २७ खेल मध्ये कुस्ती जनकपुरमा गर्ने निर्णय भएको छ 

सागका खेलहरु सुरु हुन जम्मा २ महिनाको समय मात्र बाँकि छ। मुख्य रुपमा खेलस्थलको ब्यबस्थापन र पूर्वाधारहरुको निर्माण ढिलो भैरहेको छ । यसै बीच दुइ ठुला चाड संगै लामो बिदा समेत पर्ने हुँदा प्रतियोगिता तोकिएको समयमा हुन नसक्ने टिप्पणी हुन थालेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .