समुह एमा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानविरुद्ध जित हात पारे सेमिफाइनलमा स्थान बनाउँनेछ। खेल हलचोकस्थित एपीएफको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।
समुह चरणको पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको नेपाल प्रतियोगिताको पहिलो खेल खेलिरहेको भुटानको सामना गरिरहेको हो।
यदि नेपाल बराबरीमा रोकिए या हारे अघिल्लो चरणको सम्भावना लगभग सकिनेछ।
यस प्रतियोगिताका अघिल्ला दुई संस्करण जितेको नेपाल उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ।

प्रतिक्रिया