२८ वर्षे राम्सेले गत बुधबारमात्रै च्याम्पियन्स लिग यूभेन्ट्सबाट ८६औं मिनेटमा डेब्यू गरेका थिए।
शनिबार राति भने घरेलु लिगमा सुरुवातमै मौका पाएका उनले ३१औं मिनेटमा यूभेन्ट्सका लागि बराबरी गोल फर्काएका थिए।
त्यसअघि २०औं मिनेटमा मिगुइल भेलोसोले भली प्रहार गर्दै भेरानोलाई अग्रता दिलाएका थिए।
४९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी गोल गर्दै यूभेन्ट्सलाई २-१ को जित दिलाए।
जितसँगै युभेन्ट्सले ४ खेलबाट १० अंक जोडेको छ। युभेन्ट्स शीर्ष स्थानमा समेत उक्लिएको छ। पराजित भेरोना ४ अंक जोडेर १२ औं स्थानमा छ।

प्रतिक्रिया