खेलको २४औं मिनेटमा सिटीले रियाद महारेजको गोलबाट अग्रता बनाएको थियो। यस्तै ३८औं मिनेटमा गुन्डोगोनले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए।
७६औं मिनेटमा ग्याब्रियल जेससले गोल गर्दै सिटीलाई ३–० को जित सहज बनाए। सहज जितसँगै सिटीले समूह ‘सी’ मा ३ अंक जोडेको छ।
यस्तै अर्काे खेलमा टोटेनहमले ग्रीसको ओलम्पियाकोससँग २–२ गोलको बराबरी खेलेको छ।
२६औं मिनेटमा ह्यारी केनको पेनाल्टी मार्फत टोट्नहमलाई अग्रता दिलाए। ३०औं मिनेटमा लुकास मौउराले दोस्रो गो गर्दै टोटेनहमलाई २–० ले अघि बढाए।
४४औं मिनेटमा ड्यानियल पोडेन्सले र ५४औं मिनेटमा म्याथ्यु भालवुयनाले पेनाल्टीबाट गोल फर्काउँदै टोट्नहमलाई २-२ को बराबरीमा रोकेका हुन्।

प्रतिक्रिया