ad ad

समाज


आजदेखि क्रमशः मौसममा सुधार हुने

आजदेखि क्रमशः मौसममा सुधार हुने

नेपालखबर
असोज २, २०७६ बिहिबार २:११,

आज (बिहीबार) देखि मौसममा सुधार आउने अनुमान मौसमविद्ले गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले अब क्रमशः मौसममा सुधार हुने र पानी पर्ने क्रमशः कम हुँदै जाने बताए।

‘हिजोभन्दा आज र आजभन्दा भोली मौसममा सुधार हुँदै जान्छ,’ मौसमविद् पौडेलले नेपालखबरसँग भने, ‘अब पानी पर्नेक्रम क्रमशः कम हुन्छ। केही ठाउँमा सामान्य वर्षा भएपछि हिजोअस्तीको जस्तो ठूलो वर्षाको सम्भावना भने आज छैन।’

अहिले काठमाडौँ उपत्यकासहति देशको मध्य क्षेत्रमा मौसम बदलीको अबस्था छ। उपत्यकासहति कतिपय ठाउँमा सामान्य पानी परिरहेको छ। दिउँसोदेखि क्रमशः मौसम खुल्दै जाने पौडेलले बताए।

बिहानैदेखि पूर्व र सुदूरपश्चिम क्षेत्रमा भने मौसम सफा भएको छ। कतिपय ठाउँमा बिहानैदेखि घाम लागिरहेको छ।

केही दिनदेखि मनसुन सक्रिय भएका कारण देशभर तीन दिनदेखि वर्षा भइरहेको छ।
आज पनि काठमाडौँ, पोखरा, जनकपुर, संखुवासभा, दाङ, पाल्पा, गोरखा, अर्घाखाँची लगायतका क्षेत्रमा पानी पर्ने सम्भावना छ।

बुधबार काठमाडौँ उपत्यकामा १० मिलिलिटर वर्षा भएको छ।

बुधबार सबैभन्दा बढी जकपुरमा ९४ मिलिलिटर वर्षा भएको छ।

त्यसैगरी सुर्खेतमा ६८, विराटनगरमा ८५, जिरीमा ४३ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .