ad ad

खेल


च्याम्पियन्स लिग: रियलमाथि पीएसजीको शानदार जित

च्याम्पियन्स लिग: रियलमाथि पीएसजीको शानदार जित

नेपालखबर
असोज २, २०७६ बिहिबार १:१४,

च्याम्पियन्सलिग अन्तर्गत बुधबार राति भएको खेलमा डी मारियाले पहिलो हाफमै आफ्नो पूर्व क्लबविरुद्ध रियलविरुद्ध दुई गोल गरे। यस्तै इञ्जुरी समयमा थोमस म्युनियरले अर्को गोल थपे। 

समूह ए अन्तर्गतको पहिलो खेलमै नमिठो हार ब्यहोरेपछि रियलको प्रशिक्षकमा गत सिजनको अन्त्यमा पूनरागमन गरेका जिनेदिने जिदानमाथि दबाब बढेको छ। 

यसै सिजनमा चेल्सीबाट अनुबन्ध भएका इडन हाजार्डले केही राम्रो अवसरहरु बनाएपनि गोलका लागि संघर्ष गरेको खेलमा पूर्व खेलाडी डी मारियाले चर्चा बटुले।

च्याम्पियन्स लिगमा १००औं खेल खेलेका डी मारियाले खेलको १४औं मिनेटमा जुवान बर्नाटको कट ब्याक पासमा पोस्ट नजिकैबाट सुन्दर गोल गरेका थिए।

३३औं मिनेटमा मारियाले दोस्रो गोल गरे। इड्रिसा गाना गुयको पासमा २० यार्डबाट डी मारियाले गरेको प्रहारले जाली चुमेको थियो।

लगत्तै ग्यारेथ बेलले गोल गरेपछि रियल खेलमा फर्कने आशा गरिएको थियो। तर, रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको सहयता लिदा बेलको हातमा लागेको भन्दै उक्त गोललाई मान्यता दिएनन्।

 इन्ज्युरी समयको पहिलो मिनेटमा थोमस म्युनियरको गोलसँगै पीएसजीले रियलमाथि ३–० को शानदार जित हात पार्‍यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .