खेल


नारायण र समीरले एसियन च्याम्पियनसिप खेल्ने

नारायण र समीरले एसियन च्याम्पियनसिप खेल्ने

नेपालखबर
असार २, २०७६ सोमबार १२:२१,

नारायणलाल मोक्तान र समीर खड्गीले म्यानमारमा हुने दोस्रो माचुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

म्यानमारको रङ्गुन शहरमा आगामी जुन २३ (असार ८ गते) देखि हुने च्याम्पियनसिपमा नारायणले र समीरले प्रतिस्पर्धा गर्न लागेका हुन् । ब्रान्च प्रमुख राजकुमार गुरुङ नेतृत्वको नेपाली टोली एसिया प्यासिफिकमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

नारायणले ७० केजीमाथि र समीरले १४ वर्षमुनि उमेर समूहमा प्रतिस्पर्धा गर्न लागेको नेपाली टोलीका प्रशिक्षक सुमन गजुरेलले जानकारी दिए ।

समीरले यसअघि नेपालमै भएको जुनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकाले उनले पदक दिलाउनेमा ढुक्क रहेको टोलीका नेतृत्वमा राजकुमार गुरुङले विश्वास व्यक्त गरे ।

नारायणले पनि यसअघि चीनमा भएको विश्व च्याम्पियनसिपमा आशालाग्दो प्रदर्शन गरिसकेका छन् । सोही च्याम्पियनसिपपश्चात् नेपाली टोलीका प्रमुख गुरुङले अन्तर्राष्ट्रिय पाँचौं डानको डान परीक्षासमेत दिने भएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .