बार्सिलोनाका गोलकिपर स्टेगेनले रिउसको पेनाल्टीसँगै रिबाउन्डमा आएको बललाई पनि जोगाए पछि बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो।
दोस्रो हाफको ५७औं मिनेटमा बार्सिलोनाका नेल्सन सेमेडोले जेडन सान्चोलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। रिउसले आफ्नो दायाँ तर्फ प्रहार गरेको पेनाल्टीलाई स्टेगनले पुरै पोस्टको दुरी डाइभ हान्दै विफल पारे। उनले रिबाउन्ड गोललाइन नजिक पुगेको बललाई पनि जोगाए।
बार्सिलोनाका लागि १६ वर्षे अंशु फातीले च्याम्पियन्स लिगमा डेब्यू गरेका थिए। उनको स्थानमा नै दोस्रो हाफमा लियोनल मेस्सी मैदानमा आएका थिए। यस सिजन बार्सिलोनाबाट मेस्सी पहिलो खेलका लागि मैदानमा उत्रिएका हुन्।

प्रतिक्रिया