सुँगुरबाट सर्ने यो रोगका कारण चीनदेखि उत्तर कोरियासम्म कैयौँ सुँगुर मारिएका छन्। अफ्रिकाबाट सुरु भएको यस प्रकोपका कारण ती देशका पनि कैयौँ सुँगुर काटिएका थिए जसका कारण हाल विश्वभर सुँगुरको मासुको मूल्य बढेको छ।
संक्रमणका कारण ज्वरो आउने यस स्वाइन फ्लू नामक प्रकोप देखा परेको दक्षिण कोरिया पछिल्लो देश हो।
एएफपीका अनुसार दुई कोरियाको सीमा क्षेत्रमा रहेको एक नगर पाजुको एक सुँगुर फार्ममा पाँच ओटा सुँगुर मरेको अवस्थामा भेटिएका थिए।
मरेका ती सुँगुर भेटिएपछि गरिएको अनुसन्धानका क्रममा ती सुँगुरमा नै फ्लू भएको पाइएको दक्षिण कोरियाली कृषि मन्त्रालयका कर्मचारीलाई उद्धृत गर्दै कोरियाली संचारमाध्यमले जनाएका छन्।
दक्षिण कोरियाको कृषि मन्त्रालयका अधिकारीले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार फार्ममा मरेका सुंगुरमा स्वाइन फ्लू प्रमाणित भइसकेको छ, अरु अनुसन्धान जारी छ।

प्रतिक्रिया