युरोपियन च्याम्पियन्स लिग फुटबलमा बुधबार पीएसजी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ।
समूह चरणको खेलमा दुई स्टार क्लब पीएसजी र रियल मड्रिड भिड्न लागेका हुन्। खेलमा पीएसजीलाई झड्का लाग्ने देखिएको छ।
किनभने उक्त खेलमा दुई स्टार खेलाडी नेमार जुनियर र केलिएन एमबाप्पे मैदानमा उपस्थित हुने छैनन्।
एमबाप्पे गत हप्ता लिग वानमा टोलुसी क्लबसँगको खेलमा घाइते भएका थिए। नेमारलाई भने च्याम्पियन्स लिगमा ३ खेलमा प्रतिबन्ध लागेको छ।
गत सिजन पीएसजी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदा उनले युनाइटेडविरुद्ध सामाजिक संजालमा अभद्र टिप्पणी गरेका थिए। नेमारले प्रतियोगिताका अन्य दुई खेल पनि खेल्ने छैनन्।
समूह चरणको खेलमा पीएसजी र मड्रिड ग्रुप एमा परेका छन्। त्यहाँ क्लब ब्रुगी र ग्यालाटासारे पनि समावेश छन्। मार्का
Shares
प्रतिक्रिया