ad ad

खेल


एकेडेमी क्रिकेट लिग असोज पहिलो साता

एकेडेमी क्रिकेट लिग असोज पहिलो साता

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ९:५५,

 आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता १५ गतेसम्म चल्ने प्रतियोगितामा देशका १६ क्रिकेट एकेडेमीको सहभागिता रहने जानकारी दिएको हो।

प्रतियोगिता निर्देशक प्रबल गौतमका अनुसार लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी सबै टोलीको टुंगो लागिसकेको छ। सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ।

मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा हरेक समूहका विजेता टोली सेमिफाइनलमा पुग्नेछन्।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को प्रवर्धनमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख पाउने छन्। यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट बलर, ब्याट्सम्यान र इमर्जिङ प्लेयरलाई पनि पुरस्कृत गरिने छ।

यस्तै उत्कृष्ट ४ खेलाडीलाई नेक्ससले दिल्लीमा ६ महिनाको निशुल्क प्रशिक्षणको व्यवस्था मिलाएको र पाँच खेलाडीलाई नेक्सस एकेडेमीले १ वर्षको निशुल्क प्रशिक्षणको अवसर दिने आयोजकले जनाएको छ।

त्यस्तै प्रतियोगिताका हरेक खेलाडी र अफिसियलका लागि ५ लाख बराबरको बिमा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .