पहिलो हाफमा रियलका लागि करिम बेन्जेमाले दुई तथा कासिमेरोले एक गोल गरे। २५औं मिनेटमा बेन्जेमाले हेडरमार्फत रियललाई अग्रता दिलाएका थिए।
त्यसको पाँच मिनेटपछि हामेस रोड्रिगेजको पासमा बेन्जेमाले रियलको अग्रता दोब्बर पारेका थिए। ४०औं मिनेटमा कासिमेरोले भिनिसियसको पासमा तेस्रो गोल गरे।
अंकतालिकामा ४ खेलमा रियलको ८ अंक छ। उ अंकतालिकाको दोस्रो स्थानमा छ।
3
Shares

प्रतिक्रिया