बाजपेयीले सत्या, शूल, अलीगढा र ग्यांग्स अफ वासेपुरजस्ता चलचित्रमा अभिनय गरेर आफूलाई सुपरस्टार सावित गरेका छन्।
उनले खेल्ने चलचित्रहरु अधिकाँश हिन्दी भाषाकै छन्। तर बाजपेयीले हिन्दी बोल्दा भने उनकी छोरीले उनलाई अशिक्षित ठान्छिन्।
बीबीसी हिन्दीसँगको कुराकानीमा बाजपेयीले यस्तो खुलासा गरेकी हुन्। बाजपेयी भन्छन्,‘मैल हिन्दी भाषा बोल्दा मलाई छोरीले अशिक्षित ठान्छिन्।’
उनका छोरी ९ वर्षकी भइन्। उनले राम्रो अंग्रेजी बोल्छिन्। तर बाजपेयी आफ्नी छोरीसँग आफू अंग्रेजीमा नभएर भोजपुरी र हिन्दी भाषामै बोल्ने गरेको बताउँछन्।
उनी भन्छन् हामीले हाम्रो भाषा र संस्कृती बिर्सनु हुन्न।
‘यदी मैले हिन्दी चलचित्रमा काम गरिरहेको छु भने हिन्दी भाषा मेरो कमजोरी होइन् यो मेरो तागत हो।’ बाजपेयीले भने।
बाजपेयीको मातृभाषा भोजपुरी हो यद्यपी उनले मिहिनेत गरेर हिन्दी भाषा सिकेका हुन्।
Shares

प्रतिक्रिया