खेल


नेमारको मुल्यमा बार्सिलोना र पीएसजी सहमत

नेमारको मुल्यमा बार्सिलोना र पीएसजी सहमत

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार ११:१३,

 बीबीसीका अनुसार दुबै क्लब नेमारको मुल्य २ सय मिलियन यूरोमा सहमति नजिक पुगेका हुन्। गत मंगलबार दुबै टोलीका अफिसियलहरुले पेरिसमा गरेको वार्तासँगै दुबै पक्ष उक्त सहमति नजिक पुगेका हुन्।

उक्त ब्रेक थ्रु कुराकानी पश्चात आगामी सोमबार बन्द हुने सरुवा बजार अघि नेमार पुनः बार्सिलोना फर्कने सम्भावना बढेको छ।

तर त्यसभन्दा कम रकम तिर्दै नेमारलाई भित्र्याउन बार्सिलोनाले डिफेन्डर जान चिर टाडिबो र मिडफिल्डर इभान रिकिटिकसँगै फरवार्ड ओसामाने डेम्बेलेलाई एक सिजनमा ऋणमा पेरिस पठाउने प्रस्तावलाई भने पीएसजीले अस्वीकार गरेको छ।

२७ वर्षिया फरवार्ड नेमार २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमानी मुल्य २ सय २२ मिलियन यूरोमा पीएसजीसँग अनुबन्ध भएका थिए।

बिहीबार भएको पत्रकार सम्मेलनमा पीएसजीका प्रशिक्षक थोमस टुचालले नेमार शुक्रबार हुने खेलमा उपस्थित नहुने जनाइसकेका छन्। शुक्रबार पीएसजीले लिगा वानमा मिट्जसँग खेल्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .