कला


जयकिशनको ‘हिरो नम्बर १’को ट्रेलर सार्वजनिक, हेर्नुहोस् एक्सन र कमेडी (भिडियो)

जयकिशनको ‘हिरो नम्बर १’को ट्रेलर सार्वजनिक, हेर्नुहोस् एक्सन र कमेडी (भिडियो)

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार १०:५२,

अभिनेता जयकिशन बस्नेतले निर्माण गरेको पछिल्लो चलचित्र ‘हिरो नं. १’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।

अभिनेता बस्नेतकै सञ्चालनमा रहेको मोबाई टिभी नामक युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक भएको हो।

जयकिशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजीवजंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारी लगायतका कलाकारहरुले अभिनय रहेको छ।

ट्रेलरमा कमेडी र एक्सनलाई मुख्य प्राथमिकता दिइएको छ। जयकिशन र जान्हवी दुबैको एक्सनले दर्शकलाई आकर्षित गर्छ। ट्रेलरमा मुख्य रुपमा यिनै दुईलाई प्रस्तुत गरिएको छ।

चलचित्रमा बिनोद सापकोटाको छायाँकन, तारावीर पाण्डे, हरि थापा र सूर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द्व एवं सुदीप पाण्डेको सम्पादन रहेको छ।

ब्रबिम बस्नेत र जाहान्वी बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र ‘हिरो नं. १’ मा बिक्रम माङ्मु र बिशाल गुप्ता सहनिर्माता रहेका छन्। त्यसै गरी मदन ताम्राकार कार्यकारी निर्माता रहेको चलचित्रको लेखन, निर्माण र निर्देशन अभिनेता बस्नेत स्वयंले गरेका छन्।

आफ्ना अघिल्ला चलचित्रमा झैं यस चलचित्रलाई पनि दर्शकले माया गर्नेमा नायक, निर्माता तथा निर्देशक बस्नेत विश्वस्त रहेका छन्।

चलचित्र यही भदौ २७ गतेबाट प्रदर्शनमा आउँदै छ।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .