खेल


साफ यू १५ फुटबल: नेपाललाई श्रीलंकाविरुद्ध जित्नैपर्ने दबाब

साफ यू १५ फुटबल: नेपाललाई श्रीलंकाविरुद्ध जित्नैपर्ने दबाब

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार ८:२५,

पहिलो खेलमा भारतसँग फराकिलो हार ब्यहोरेपछि पश्चिम बंगालको कल्याणी रंगशालामा शुक्रबार दिउँसो ३ बजेर १५ मिनेटमा हुने खेल सेमिफाइनल पुग्न नेपालले जित्नैपर्ने दबाब बढेको हो।

पहिलो खेलमा नेपाल भारतसँग ५-० गोल अन्तरले  पराजित भएको थियो। तर श्रीलंकाले पहिलो खेलमा भुटानलाई ३-२ गोल अन्तरले पराजित गरेकाले खेलमा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटानबीच प्रतिस्पर्धा भइरहेको छ। राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .