ad ad

खेल


नेपालको वानडे वरीयता खस्कियो

नेपालको वानडे वरीयता खस्कियो

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार ७:४,

एक खस्किएको नेपाल १६औं स्थानमा पुगेको छ। अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा थियो।

नयाँ वरीयता अनुसार नेपालले ८ खेलबाट १९ रेटिङ र १ सय ४४ अंक पाएको छ। नेपालभन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन्।

वानडे वरीयताको शीर्ष स्थानमा विश्व विजेता इंग्ल्याण्ड छ। यस्तै भारत, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तान दोस्रो देखि दशौं स्थानसम्म छन्।

टी-ट्वान्टी अन्तर्राष्ट्रियको वरीयतामा भने नेपाल ११औं स्थानमा यथावत छ। नेपालले १४ खेलबाट २०१ रेटिङ र २८१८ अंक पाएको छ। नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । 

टी-ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .